Select Page

Author: Lewang Ghishing

अमेरिकाको चेतावनीलाई अनदेखा गर्दै ईरानले पनि गऱ्यो मिसाइलको सफल परीक्षण

अमेरिकाको चेतावनीलाई अनदेखा गर्दै ईरानले पनि एउटा नयाँ मिसाइलको सफल परीक्षण गरेको खबर प्रकाशमा आएको छ। उक्त मिसाइलमा दुई हजार किलोमिटरसम्मको दूरी पार गर्ने क्षमता रहेको जानकारी प्राप्त भएको छ। ईरानले एउटा सरकारी टेलिभिजनद्वारा मिसाइल प्रक्षेपण गरिएको तस्बीर साझा गरेको छ। उक्त मिसाइलको प्रदर्शन प्रथमपल्ट शुक्रबार सैन्य परेडअवधी गरिएको थियो। यद्यपि प्रसारकले परीक्षणको कुनै तारिख बताएको छैन। योभन्दा अघि ईरानका राष्ट्रपति हसन रूहानीले शुक्रबार अमेरिका अनि फ्रान्सले आलोचना गरे पनि ईरानले आफ्नो ब्यालिस्टिक मिसाइलको क्षमतालाई वृद्धि गर्नेछ भनी बताएका थिए। यसको साथै तिनले मिसाइल क्षमताहरू मात्र नभएर हवाई,स्थल अनि समुन्द्री बलहरूको क्षमतामा पनि वृद्धि गर्नेछौ भनी बताए। यदि आफ्नो...

Read More

पीएम मोदीले दिए बनारसलाई लगभग एक हजार करोड़को उपहार

  पीएम मोदी हाल आफ्नो दुई दिवसी वाराणसी भ्रमणमा छन्। तिनले आफ्नो भ्रमणअवधी हालसम्म लगभग  एक हजार करोड़को प्रोजेक्टको लोकार्पण अनि शिलान्यास गरे। यसको साथै तिनले नवरात्रीको शभअवसरमा दुर्गा मन्दिर अनि तुलसी मानस मन्दिरको दर्शन पनि गरे।पीएम मोदी दुई दिवसीय भ्रमणमा आफ्नो संसदीय क्षेत्र वाराणसी पुगेका छन्। लगभग 10 लाख जनसंख्या भएको बनारसका जनता सिल्कसँग जोड़िएका छन्। यद्यपि उक्त व्यापारको लागि धेरै समस्याहरू छ। कृषकदेखि लिएर बजार, मजदूरी अनि प्राविधिकसम्मले उक्त व्यापारमा धेरै समस्याहरूको सामना गरिहेछन्। जसको कारण नयाँ पीड़ीका युवाहरूले उक्त कार्यलाई छोड़दै गइरहेको देखिन्छ। पीएम मोदीको बनारस भ्रमणको सबैभन्दा ठूलो उपहार तीन सय करोड़को खर्चमा निर्माण गरिएको...

Read More

प्रद्युम्न हत्याकाण्ड मामिलामा रायन इन्टरनेशनल स्कूल पुग्यो सीबीआई टोली

गुरूग्रामको रायन इन्टरनेशनल स्कूलमा सात वर्षीय छात्र प्रद्युम्न हत्याकाण्ड मामिलाको जाँच गर्न सीबीआई टोली शनिबार विहान उक्त स्कूल पुगेको छ। तीन सदस्यीय जाँच टोली शनिबार विहान रायन इन्टरनेशनल स्कूल पुगेको सुत्रद्वारा थाहा लागेको छ। सुक्रबार सीबीआईले उक्त मामिलालाई आफ्नो हातमा लिएपछि नै सीबीआई टोली त्यहाँ पुगेको हो। अर्कोतिर प्रद्युम्नका पिताले यदि शनिबारसम्म पनि जाँच शुरू नगरिए आफू सुप्रीम कोर्ट जाने चेतावनी दिएका थिए। यसको साथै तिनले देशका शीर्ष नेताहरूसँग पनि संवेदनशील मामिलामा सीबीआई जाँच गर्ने आह्वान गरेका थिए। सीबीआई प्रवक्ता अभिषेक दायलले शुक्रबार बताएअनुसार एजेन्सीले केन्द्र सरकारबाट अधिसुचना प्राप्त भएपछि उक्त जाँचलाई आफ्नो हातमा लिइएको हो। प्रक्रियाअनुसार तिनले गुरूग्राम...

Read More

चुनाउमा वीवीपीएटी मशीनको अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने कांग्रेसको माग

कांग्रेसले आगमी चुनाउमा अनिवार्य रूपमा वीवीपीएटी अर्थात मतदाता सत्यापन पेपर अडिड ट्र्यालद्वारा गराउने चुनाउ आयोगसँग माग गरेको छ। यसको साथै उक्त सम्बन्धमा आफ्नो प्रतिबद्धता अनि उच्चतम न्यायलयको आदेशलाई सम्मान गर्ने आग्रह गरेको छ। पार्टी अध्यक्ष सोनिया गान्धीकी राजनीतिक सचिव अहमद पटेलको नेतृत्वमा शीर्ष कांग्रेस नेताहरूको एउटा प्रतिनिधिमण्डलले शुक्रबार मुख्य चुनाउ आयुक्त एके ज्योति, चुनाउ आयुक्तहरू ओपी रावत अनि सुनील अरोड़ासँग भेट गरे। यस अवसरमा प्रतिनिधि टोलीले भविष्यमा इलेक्ट्रोनिक भोटिङ मशीनको साथमा मतदान वीवीपीएटी मशीनको पनि प्रयोग गर्ने आह्वान गरेका...

Read More

विदेशमन्त्री सुषमा स्वराजले संयुक्त राष्ट्र सुरक्षा परिषदको 72औं वार्षीक बैठकलाई गर्ने सम्बोधन  

  दक्षिण एशियाई क्षेत्रीय सहयोग संगठनका देशहरूले आतंकवादको मुद्दालाई भारतसँग एकजुटता देखाएको छ। शुक्रबार सम्पन्न भएको संयुक्त राष्ट्र सुरक्षा परिषदको वार्षीक बैठकमा विदेश मन्त्री सुषमा स्वराजले सार्कका प्रतिनिधिहरूसँग भेटवार्ता गरिन्। मन्त्रीस्तरीय कुराकानी विशेष आतंकवादको मुद्दालाई ध्यानमा राखिएको थियो। उक्त बैठकमा पाकिस्तानले चाँड़ै नै सार्क देशहरूको बैठक आयोजित गर्ने कुरा गरे तापनि बैठकमा उपस्थित प्रतिनिधिहरूले सार्क देशहरूको बैठकको लागि माहौल अनुकूल नरहेको बताए।यसको साथै जबसम्म पाकिस्तानमा स्थिति सामान्य हुँदैन तबसम्म पाकिस्तानमा सार्क बैठक नगर्ने कुरामा उपस्थित सम्पूर्ण प्रतिनिधिहरूले सहमति जताएका छन्। वर्ष 2016 मा पाकिस्तानलाई सार्क देशहरूको बैठक गर्नु पर्ने थियो। यद्यपि भारतको समिटमा भाग नलिने फसेलापछि बंग्लादेश, अफगानिस्तानले पाकिस्तानद्वारा...

Read More

Pin It on Pinterest