Select Page

Author: Lewang Ghishing

अमित मासुरकरको चलचित्र ‘न्यूटन’ले पायो अस्करमा जाने मौका

समीक्षकहरूद्वारा धेरै सराहना पाएपछि अमित मासुरकरको चलचित्र न्यूटन अस्करमा जाने भएको छ। भारतको तर्फबाट उत्कृष्ट फरेन फिल्मको सूचिमा उक्त चलचित्रलाई सामेल गरिएको छ। यसको साथै फिल्म फेडरेशन अफ इण्डियाको छनौट कमिटीद्वारा शुक्रबार उक्त फिल्मको नाम चयन गरिएको हो। कुल 26 वटा फिल्म मध्ये न्यूटनलाई अस्करको लागि चुनिएको हो। उक्त फिल्ममा राजकुमार रावले मुख्य भूमिका निभाएका छन्। यसको साथै फिल्ममा राजकुमार बाहेक पंकज त्रिपाठी, सन्जय मिश्रा, अन्जिल पाटिल, रघुबीर यादवले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उक्त फिल्म 22 सितम्बरको दिन लगभग 350 वटा स्क्रीनहरूमा रिलीज भएको छ। फिल्मलाई अस्करको लागि पठाइने सूचना पाएपछि अभिनेता राजकुमार रावले खुशी व्यक्त गरेका...

Read More

पीएम मोदीको भ्रमणकै दिन बीएचयूका छात्राहरूको विरोध प्रदर्शन जारी

एकातिर सरकारले छोरी बचाउ,छोरी पढ़ाऊको नारालाई अघि सारेको छ भने अर्कोतिर पीएम मोदीका संसदीय क्षेत्र वाराणसीमा पढ़ाई गर्ने छात्राहरूले स्वयंलाई सुरक्षित महसुस नगरेको देखिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार वाराणसीको दुई दिवसीय भ्रमणमा जानेछन् । यद्यपि पीएम मोदी वाराणसी पुग्नभन्दा अघिनै बीएचयूका छात्राहरूले बीएचयू गेटअघि छेड़छाड़ गरेको आरोपमा विरोध प्रदर्शन गरेका छन्। उक्त विरोध प्रदर्शना एकजना छात्राले आफ्नो कपाल पनि खौरिएकी जानकारी प्राप्त भएको छ। छात्राहरूले गरेको विरोध प्रदर्शनलाई साम्य गर्नको लागि धरनास्थलमा भारी मात्रामा फोर्स तैनाथ गरिएको छ।विरोध प्रदर्शन गरिरहेका छात्राहरूले तिनीहरू पढ़ने क्याम्पसमा महिलाहरूलाई धेरै शोषण गरेको आरोप लगाएका छन्। यद्यपि उक्त विषयमाथि कुनै प्रकारको कार्वाही नभएको पनि...

Read More

किम जोंग उनले दिए ट्रम्पलाई धमकीपूर्ण चेतावनी

उत्तर कोरियाका नेता किम जोंग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाललम्मकै सबैभन्दा कठोर धमकीपूर्ण चेतावनी दिएका छन्। यसको साथै किम जोंगले ट्रम्पलाई ग्याङस्टारको संज्ञा दिएका छन्। किमले संयुक्त राष्ट्रलाई सम्पूर्ण रूपमा ध्वस्त गर्ने धमकी दिँदै ट्रम्पले भारी नोक्सानको सामना गर्नु पर्नेछ भनी बताए। स्मरण रहोस्, हालैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त महासभामा प्रथमपल्ट सम्बोधन गरेका थिए। उक्त सम्बोधनमा तिनले यदि उत्तर कोरियाले अमेरिकाको कुरा नमाने, उत्तर कोरियालाई ध्वास्त गर्ने चेतावनी दिएका थिए। डोनाल्ड ट्रम्पद्वारा नयाँ प्रतिबन्ध लगाउने आदेश भएपछि नै उत्तर कोरियाको कठोर प्रतिक्रिया अघि आएको हो। ट्रम्पले उत्तर कोरियाले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूलाई उल्लंघन  गर्दै ब्यालिस्टिक मिसाइल...

Read More

एसएसबी-जवानमाथि हमला गर्ने दुईजना आतंकी पक्राउ

20 सितम्बरको दिन जम्मू-काश्मीरको रामबनमा एसएसबी जवानहरूमाथि भएको हमलाको मामिलामा पुलिसले दुईजना युवाहरूलाई पक्राउ गरेको छ। यसको साथै पक्रा परेका युवकहरूबाट पुलिसले जवाहरूबाट छिनेको हतियारहरू पनि बरामद गरेको छ। पक्राउ गरेपछि सोधपुछअवधी दुईजना आरोपीहरूले म्यान्मार गएर रोहिंग्या मुसलमानहरूमाथि भइरहेको कथित शोषणविरूद्ध बिद्रोह गर्न चाहेको बताएका छन्। यद्यपि उक्त हमलामा सामेल अर्को एकजना आतंकीको पुलिसले हालसम्म खोजी गरिरहेको जानकारी प्राप्त भएको छ। स्मरण रहोस्, रामबनमा सीमा सुरक्षाबलमाथि भएको गोलीबारीमा एकजना हेड कन्सटेबल शहीद भएका थिए। रामबनमा रेलवेको एउटा सुरूङ्गको निर्माण कार्य चलिरहेको कारण एसएसबी 14औं बटालियनका जवानहरू उक्त क्षेत्रमा ड्यूटीमा तैनाथ गरिएको छ। आफ्नो ड्यूटीबाट फर्किरहेकोबेला एसएसबीका जवानहरूमाथि आतंकी हमला...

Read More

बाबा कौशलेन्द्र प्रपन्नाचार्य फलहारी महाराजविरूद्ध दुष्कर्मको मामिला दर्ता

आशाराम, गुरमीत राम रहीमपछि अब फेरि एकजना ओर्को बाबाको असली अनुहार बाहिर आएको छ। राजस्थानस्थित अलवरको 77 वर्षीय कौशलेन्द्र प्रपन्नाचार्य फलाहारी महाराजविरूद्ध दुष्कर्म गरेको आरोप रहेको छ। छत्तीसगढ़को विलासपुर निवासी 21 वर्षीय एकजना महिलाले कौशलेन्द्र प्रपन्नाचार्यविरूद्ध बिलासपुर थानामा जीरो एफआईआर दर्ता गरेकी छन्। पीड़िताको बयानपछि उक्त मुद्दाको डायरी अलवर थानामा पठाइएको छ भने अलवर पुलिसले कथित बाबाविरूद्ध एफआईआर दर्ता गरेको जानकारी प्राप्त भएको छ। उक्त आरोपी बाबाको धेरै ठूल्ठूला नेताहरूसँग सम्बन्ध रहेको बाताइएको छ। अर्कोतिर फलाहारी महाराजका शिष्य सुदर्शनाचार्य महाराजले बताएअनुसार बाबालाई उक्त विषयमा कुनै जानकारी छैन। फलाहारी महाराजको स्वास्थ्य राम्रो नभएको अनि बिरामीको कारण उक्त सम्बन्धमा केही बताउने...

Read More

Pin It on Pinterest